२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ब्याडमिन्टनमा सुनसरीका सत्यम र मोरङकी सीमा प्रथम, तेक्वान्दोमा झापालाई चार स्वर्ण


बिर्तामोड, असोज ५ । नवौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश नम्बर १ को ब्याडमिन्टन र तेक्वान्दो खेलको छनोट प्रतियोगिता सकिएको छ ।
ब्याडमिन्टन खेलको पुरुष एकलमा सुनसरीका सत्यम सुब्बा र महिला एकलततर्फ मोरङकी सीमा राजवंशी विजयी भएका छन् ।

सुनसरीका सत्यम सुब्बाले भोजपुरका विशाल तामाङलाई २१–६ र २१–१५ को सोजो सेटमा हराउँदै जित हासिल गरेका हुन । महिला एकलततर्फ मोरङकी सीमा राजवंशीले उदयपुरकी रोजी राईलाई २१–११ र २१–१२ को सोजो सेटमा हराउँदै उपाधि जितेकी हुन् ।

असोज २८ देखि कात्तिक २ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ बाट विजेता उपविजेतासँगै पुरुषतर्फ सुनिल कार्की संखुवासभा, अशिष खनाल सोलुखुम्बु, ताप्लेजुङका मिलन गुरुङ र दिपेन गुरुङ र उदयपुरका विनय चौधरी सहभागी हुनेछन् ।

Adv sidebar_4

महिलातर्फ विजेता र उपविजेतासँगै संखुवासभाकी एलिना श्रेष्ठ, धनकुटाकी अरुणा तामाङ र सुनसरीकी सृष्टि राई सहभागी हुनेछन् ।

झापाको काँकरभिट्टाको सामुदायीक हलमा तीन दिनसम्म आयोजना भएको खेलमा ४२ महिला सहित १२८ खेलाडीको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका उपाध्यक्ष जिना कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पदक वितरण गरेका थिए ।

Adv sidebar_3

यसैबीच, तेक्वान्दोतर्फ पुरुष र महिला समूहको पुम्चेमा सुनसरी प्रथम भएको छ । पुरुषततर्फ प्रदिप लिम्बुु, सुदिप घिमिरे र निङमा तामाङ सुनसरीले झापालाई हराउँदै प्रथम भए । महिलातर्फ पनि सुनसरीकै सुशीला राई, मनिषा विक र शान्ति राईले उदयपुरलाई हराउँदै प्रथम भएका छन् ।

Adv sidebar_1

६२ केजी महिलातर्फ प्रज्ञा परियार सुनसरी, ६७ केजी महिलातर्फ विनिता माझी उदयपुर, ७३ केजीमुनि महिला फोरेस लिम्बु सुनसरी, ७३ केजीमाथि सिर्जना माया तामाङ सुनसरी प्रथम भएका छन् ।

महिला ४६ केजीमुनि झापाकी अनुजा सापकोटा, महिला ४९ केजीमुनि सुनसरीकी क्रिस्टिना राई, ५३ केजीमुनि रेनुका विक उदयपुर, ५७ केजीमुनि सुनसरीकी समिक्षा लिम्बु प्रथम भएका छन् ।

पुरुष ७४ केजीमुनि मोरङका नेत्रबहादुर कार्की, ८० केजीमुनि इलामका शुलभ श्रेष्ठ, ८७ केजीमुनि श्याम धिमाल झापा र ८७ केजीमाथि युकेश भट्टराई सुनसरी प्रथम भएका छन् ।

पुरुष ५४ केजीमुनि शिव खड्का सुनसरी, ५८ केजीमुनि एलिस ठकुरी झापा, ६३ केजीमुनि मोहन राई खोटाङ र ६८ केजीमुनि अरुण डाँगी झापा प्रथम भएका छन् ।

विजेता खेलाडी गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल तेक्वान्दो महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष विनोद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पदक वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer