२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

रोटरी क्लब अफ बिर्तामोडद्वारा दुई विद्यालयलाई कम्प्युटर


बिर्तामोड, असोज ६ । रोटरी क्लब अफ बिर्तामोडले कचनकवल गाउँपालिकाका ४ वटा विद्यालयलाई एक–एक थान कम्प्युटर र शैक्षिक सामग्री प्रदान गरेको छ ।

क्लबले आमबारी आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालयलगायतका सामुदायिक विद्यालयलाई एक–एक थान लेनोभोका ब्रान्डेड कम्प्युटर सेट र कापी वितरण गरेको हो ।

Adv sidebar_4

रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी रहेका थिए ।

त्यस्तै, विशेष अतिथिमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, समाजसेवी श्याम सिटौला रहेको कार्यक्रममा एजी राधिका गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राजवंशी, कचनकवल ६ का वडाध्यक्ष चिन्तामणि खरेल, ३ का वडाध्यक्ष मेघलाल राजवंशीलगायतको सहभागिता रहेको थियो ।

Adv sidebar_1

सो कम्प्युटर आमबारी आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमलाल माली, नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक अनिलकुमार थापालगायतलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी, विशेष अतिथि उपाध्यक्ष भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कुमार गिरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सन्ध्या राठीले गरेकी थिइन् । कार्यक्रममा बबिता गिरी, अशोक धानुक, रोट्रयाक्ट क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट इलेक्ट बाप्पा शाह, सचिव प्रज्ज्वल बिमली, आशिष कोइरालालगायतको उपस्थिति रहेको थियो । सो कम्प्युटर टेरी मिकेस्काले सहयोग गरेको जनाइएको छ ।

यसअघि रोटरी क्लब अफ बिर्तामोडले कचनकवल गाउँपालिकालाई करिब ६ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer