२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शब्दपत्र डटकम दोस्रो वर्षमा प्रवेश


बिर्तामोड, असोज १० । झापाको बिर्तामोड–४ मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्वाारा प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टल शब्दपत्र डटकमस्थापनाको दोस्रो वर्ष सफलतापूर्वक प्रवेश गरेको छ ।

विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टलले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ ।

Adv sidebar_2

२०७८ को घटस्थापनाको अवसर पारेर सञ्चालनमा आएको शब्दपत्रको उद्घाटन नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

शब्दपत्र अनलाइनले हाल परिवर्तन हुँदै आएको डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक तथा प्रकाशक उद्धव पुरी बताउँछन् ।

करिब १८ बर्ष धरानबाट प्रकाशन हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड कार्यालयमा कार्यसम्पादन गरिसकेका पुरी अबको पत्रकारिताका लागि हरेकले प्रविधिसँग खेल्नुपर्ने र पाठकको मन जित्न सक्नुपर्ने बताउँछन् ।

Adv sidebar_4

सबै पाठक र विज्ञापनदाताको साथ र सहयोगका कारण नै छोटो समयमा शब्दपत्र प्रकाशन प्रालि सबैसमक्ष लोकप्रिय बन्न पुगेको सम्पादक तथा प्रकाशक पुरीले बताएका छन् ।

शब्दपत्रको आफ्नै युट्युब च्यानल, फेसबुक पेज र ट्विटरबाट देश तथा विदेशमा रहेका पाठक तथा शुभचितन्कले समाचार तथा समाचारमुलक भिडियो हेर्न र पढ्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer