२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शिक्षा बहुउद्देश्यीयद्वारा ३७ जनालाई सम्मान


बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो दसौँ साधारणसभाको अवसर पारेर विभिन्न विधाका ३७ जनालाई सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाका कर्मचारी डिल्ली दाहाल र प्रेमप्रसाद मिश्रलाई सम्मान गरिएको थियो भने दुहागढी सेवा केन्द्रका डिल्लीमाया बस्नेत, सदिप पाँचकोटी, सुभद्रा राजवंशी, युवराज न्यौपाने, शनिश्चरे सेवा केन्द्रका गंगाबहादुर भट्टराई, प्रनिश काफले, बिमला तामाङ, जीवन खनाल, धुलाबारी सेवा केन्द्रका सरस्वती दाहाल, युनेश कार्की, मीना दनुवार र कृष्णप्रसाद कोइरालालाई सम्मान गरिएको हो ।

त्यस्तै, चैतुबारी सेवा केन्द्रका पुरनसिंह भुजेल, रुक्मा आचार्य, सोनम लिम्बू, दुर्गापुर सेवा केन्द्रका मञ्जुदेवी मामी, दीक्षा शिवाकोटी, रुक्मिणा न्यौपाने, सरोज गिरी, गायत्रीनाथ गिरी र बिर्तामोड कार्यालयअन्तर्गत राजा खाँ पठान, रामप्रसाद मिश्र, रोशन ढकाल, संगीता रसाइली, जीवन लुइँटेल, गीतादेवी तामाङ, महेश पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

त्यसैगरी संस्थाले उत्कृष्ट प्रबद्र्धक बिर्तामोडका खड्गप्रसाद अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

एसइइमा उत्कृष्ट विद्यार्थी सम्मानअन्तर्गत कुशल मिश्र अर्जुनधारा, इशा पोखरेल बिर्तामोड, लिजा घिमिरे बिर्तामोड र दीक्षा रानामगर मेचीनगरलाई सम्मान तथा पुरस्कृत गरेको छ भने एसइइमा उत्कृष्ट नतिजा ल्याउने संस्थाका कर्मचारीका छोराछोरी सविन न्यौपाने, रोशन सिलवाल र बिशेक बराललाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ ।

Adv sidebar_4

कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, विशेष अतिथि बिर्तामोडका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान–पत्र, माला र करुवा प्रदान गरेका थिए ।

मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रबाट सेवा सञ्चालन गर्दै आएको संस्थामा हाल ४ हजार ६१३ जना शेयर सदस्य, शेयरपुँजी ३ करोड ५१ लाख १९ हजार २००, ऋण लगानी १९ करोड ४२ लाख, कोष हिसाब एक करोड ७७ लाख ७७ हजार ५७० रुपैयाँ रहेको छ । संस्थाले २०७८÷०७९ मा २८ लाख ९१ हजार नाफा कमाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक बिबेक डाँगी, नयाँ उज्यालो सहकारीकी अध्यक्ष सुष्मा पौडलेल गायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष हेमराज मिश्रले स्वागत गरको कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer