२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईको बायोग्यास प्लान्ट चाँडो सञ्चालनमा आउनुपर्नेमा जोड


बिर्तामोड, असोज १३ । कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन पब्लिक कम्पनीको साधारणसभामा अधिकांश वक्ताले छिटोभन्दा छिटो कम्पनी सञ्चालनमा आउनुपर्नेमा जोड दिएका छन् ।

कनकाई नगरका तत्कालिन नगरप्रमुख राजेन्द्रकुमार पोखरेल उपस्थितिमा २०७५ बैशाख १५ गते गठन भएको समितिका अध्यक्ष मिनाल तिम्सिनाले साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार प्राविधिक समितिको स्वीकृतिपछि २०७६ असार ९ गते नेपाल सरकार वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको पत्रमार्फत ४० टन क्षमताको प्लान्ट निर्माणको लागि स्वीकृत भएको थियो ।

यसका लागि स्वीकृत १३ करोड ६६ लाख २४ हजार २१ मध्ये नेपाल सरकारको अनुदान २०७३ बमोजिम अधिकतम अनुदान रकम ५ करोड ४६ लाख ४९ हजार ६ सय ८ रुपैयाँ केन्द्रबाट उपलब्ध हुने व्यहोरा जानकारी पत्र कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा प्राप्त भएको प्रतिवदनमा उल्लेख छ ।

सोही पत्रका आधारमा कनकाई, बिर्तामोड, अर्जुनधारा नगर र नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबीच २०७६ असार ३० गते संयुक्त फोहोर मैला व्यवस्थापन गर्न र फोहोर मैलाबाट ऊर्जा उत्पादन परियोजना सञ्चालन गर्ने सम्बन्धी अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

Adv sidebar_4

साथै, विश्व बैंक समेतको सहयोगमा सञ्चालन हुने यस परियोजनाको सम्झौतामा उल्लेख भएबमोजिमको परियोजना कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र को २०७६ साल साउना ४ गतेबाट कार्यादिश प्राप्त भएको प्रतिवेदनमा छ ।

Adv sidebar_1

कम्पनीले बायोग्यास तथा कम्पोस्ट मल उत्पादनको लागि आवश्यक मेसिन तथा उपकरण खरिदका लागि प्रविधि छनौटको सहयोगमा २०१९ फेब्रुअरी १ मा सम्झौता गरी सामग्रीहरु समेत प्राप्त गरेर जडान कार्य सुरु भइरहेको जानकारी दिएको छ ।

कम्पनीले हालसम्म वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबाट सम्झौता बमोजिमको रकम ५ करोड ४६ लाख ४९ हजार ६ सय ८ रुपैयाँ मध्ये पहिलो किस्ताबापत २ करोड ७७ लाख ५७ हजार ९२६, कनकाई नगरबाट ६१ लाख ८३ हजार २३८, अर्जुनधारा नगरबाट ३० लाख, कम्पनी संस्थापक शेयरधनीबाट ४ करोड १ लाख ८० हजार, बैंक ऋणबाट ३ करोड ९१ लाख ५३ हजार ५११ र बाँकी व्यक्तिगत सापटी बाट २ करोड ७८ लाख ५७ हजार ४ सय १२ रुपैयाँ ८८ पैसा गरि कुल १४ करोड ४१ लाख ३२ हजार ८९ रुपैयाँ खर्च गरिसकिएको प्रतिवेदनमा उल्लेख छ ।

कनकाई नगरपालिकाबाट १५ लाख, बिर्तामोड नगरपालिकाबाट १५ लाख, अर्जुनधारा नगरपालिकाबाट १० लाख, प्रदेश सरकारबाट ५० लाख प्राप्त गरी उपभोक्ता समितिमार्फत खर्च गरेर हिसाब पनि सम्बन्धित निकायसँग फरफारक गरिसकेको कम्पनीले जनाएको छ ।

पटकपटकको लकडाउन लगायत विविध कारणले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेकाले लागत खर्च बढ्दा चुनौती समेत थपिएको साधारण सभामा जनाइएको छ ।

बढ्दो फोहोर व्यवस्थापनको चुनौती कम्पनी सञ्चालनमा आएपछि समाधान हुने साधारणसभामा सहभागीहरुको भनाइ थियो । कार्यक्रममा सामाजिक व्यक्तित्व शेबहादुर थापाले फोहोर व्यवस्थापनमा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमलीले फोहोर व्यवस्थापन जनसरोकारको विषय भएकाले छिटोभन्दा छिटो कम्पनी सञ्चालनमा आउनुपर्ने बताए ।

त्यस्तै, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले फोहोर व्यवस्थापनको विकराल अवस्था सिर्जना भइरहेको अवस्थामा कम्पनी सञ्चालनमा आएपछि सो समस्या समाधानसँगै आर्थिक लाभ समेत मिल्ने बताए ।

एमाले झापा अध्यक्ष दिपक कार्कीले फोहोर व्यवस्थापननलाई राजनीतिक आँखाले मात्र हेर्न नहुने बताउँदै कमिकमजोरी भए त्यसलाई औँल्याएर सुझाव दिनुपर्ने धारणा राखे ।

कम्पनीका सदस्य कुमारमणि पोखरेलले स्वागत गरको कार्यक्रमको सञ्चालन कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईंले गरेका थिए ।

झापाको कनकाई नगरपालिकाको नेतृत्व र अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको सहभागितामा नगरहरुमा उत्पादित फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्य रहेको संस्थाका अध्यक्ष मिनाल तिम्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer