२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पाथिभरा महोत्सवमा साइकल राइडरको उकाली-ओराली


बिर्तामोड, असोज १३ । सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङको गरिमाको रुपमा रहेको पाथिभरा म्याराथन तथा पर्यटन महोत्सव दुई वर्षपछि कोभिडले थलिएर यसपालि भव्य भयो ।

महोत्सव भव्य र केही फरक हुनुमा आयोजकमध्येको एक नेपाली सेनाको भीमकाली गुल्मको मुख्य भूमिका रहेको छ । यसपालिको महोत्सवमा म्याराथन, भलिबल, सांस्कृतिक कार्यक्रमसँगै साइकल राइड पनि थप गर्न गुल्मका मेजर अदित श्रेष्ठले विशेष पहल गरे ।

आयोजकले आशा गरेजस्तै राइडरहरु त्यहाँ नपुगे पनि आठजना साइक्लिस्टले ताप्लेजुङका उकाली ओरालीमा साइकलको फन्को लगाए । करिब १५ किलोमिटरको साइकल यात्राले यसपालिको महोत्सवलाई विशेष बनायो ।

Adv sidebar_1

‘खासगरी ताप्लेजुङ पाथिभरा क्षेत्रमा पनि साइकल पर्यटन सम्भव छ है भन्ने देखाउन यसपालि साइकल राइड थप गरिएको हो’, महोत्सवअन्तर्गत साइकल राइड व्यस्थापन उपसमितिका संयोजक किशोर राईले भने ।

Adv sidebar_4

मेजर श्रेष्ठले महोत्सवकै अवसर पारेर साइक्लिङ गराइयो भने अझ प्रचार हुने र देशभरिबाट साइकल राइडरहरु ताप्लेजुङ आउने विश्वासले साइकल राइड महोत्सवमा थप गरिएको बताए । उनी आफैँ पनि सो रुटमा साइकल कुदाएका व्यक्ति हुन् ।

पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा भएको महोत्सवमा राइडरहरु सुकेटरबाट गुप्ते देउराली हुँदै देउरालीसम्म पुगेका थिए ।

देउरालीबाट ओरालो सुकेटार हुँदै सेती चौतारा भएर वीरेन्द्रचोक आएर तोक्मेडाँडामा यात्रा टुंगिएको थियो ।

राइडरहरुलाई स्थानीय भीमकाली गुल्ममा भव्य स्वागत सम्मान गरिएको थियो । नेपाली सेनाको २१ नम्बर बाहिनीका प्रमुख कृष्ण भण्डारीको प्रमुख आतिथ्यतामा आठजना राइडरलाई सेनाको पाइप ब्यान्डले स्वागत सम्मान गरेको थियो ।

विकट र जोमिख क्षेत्रमा पनि साइक्लिङ प्रबद्र्धन गर्न महोत्सव सफल भएको महोत्सव मुल आयोजक समितिका संयोजक तारानाथ घिमिरेले बताए ।

साइकल राइडमा झापाबाट राजीव धिमाल, जीवनकुमार खड्का, हिमाल खरेल र शैलेन्द्र कुरुङबाङसहित इलामबाट तीनजना र ताप्लेजुङबाट एकजना राइडर सहभागी थिए ।

इलामबाट शरण फागो, केसिका राई र टासन राई तथा ताप्लेजुङबाट नवीन श्रेष्ठ राइडमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer