२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

छोराको जन्मदिनमा विपन्न महिलालाई खाद्यान्न सहयोग


बिर्तामोड, असोज १९ । आजभोलि आफ्नो सन्तानको जन्मदिन मनाउन तरिका फेरिँदै आएको छ । घर वा हाटलमा अनावश्यक खर्च गर्नुको सट्टा, शुभदिनमा विपन्नको पीडामा खुसी भर्न थालिएको छ ।

यसै मेसोमा झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी समिल राईदे आफ्नो छोराको जन्मदिन असाहय वृद्धालाई खाद्यन्य सहयोग गरेर मनाइदिएका छन् ।

समिल र ससिताका छोराका जोसन राईको जन्मोत्सवको अवसर पारेर अर्जुनधारा–८ निवासी आरती लिम्बू नेम्वाङलाई खाद्यान्न सहयोग गरिएको हो ।

पुण्यदिनको दिन पुण्यकर्म गर्न पाएकोमा आफूलाई आनन्द लागेको समिलले बताए । पछि गएर छोराले पनि आफ्नो सेवाकर्म समाजमा बाढोस् भन्ने सिकाउन पनि सहयोग गरिएको उनले बताए ।

Adv sidebar_4

बडादुसैँ जस्तो महान चाडमा समेत आर्थिक अभावका कारण नेम्वाङलाई खाद्यान्न अभाव भएको थाहा पाएलगत्तै राईले छोराको जन्मोत्सवमा गरिने खर्चलाई कटाएर बृद्धा महिलालाई सहयोग गरेका हुन् ।

Adv sidebar_1

राईले ती महिलालाई एक बोरा चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री दिएका छन् ।

उनले ती महिलाको घर निर्माणमा समेत सहयोग पु¥याउने बताएका छन् । राईले यसअघि पनि विपन्नवर्गलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer