२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा


बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज निर्माण गरिएको छ भने रंगशाला घेराबाराको काम सम्पन्न भएको छ ।

झापा फुटबल क्लबको आयोजनामा कात्तिक ४ र ५ गते दुई दिन हुने झापा उत्सव चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत आयोजना गर्न लागिएको अध्यक्ष जलकुमार गुरुङले बताए ।

No description available.

त्यस्तै, उत्सवका लागि व्यवस्थित पार्किङ बनाइनुका साथै शौचालयको निर्माण पनि सकिएको छ । मोटरसाइकल पार्किङ नगर अस्पतालको छेउमा बनाइएको छ भने कारका लागि रंगशालाको पश्चिम भागमा छुट्याइएको छ ।

उत्सवका लागि दर्शक प्रवेश गर्न तीनवटा गेट निर्माण गरिएको छ । सबै गेट रंगशालाको पूर्वपट्टि रहेका छन् । कलकार भने पश्चिम गेटबाट प्रवेश गर्ने छन् ।

भिआइपी दर्शकका लागि स्टेजको अग्रभागमा ठाउँ छुट्याएको छ भने अन्य दर्शकले भने रंगशालाको खुला स्थानमा बसेर हेर्न सक्ने छन् ।

स्थानीयसँगै राष्ट्रियस्तरका कलाकारले झापाबासीलाई भरपूर मनोरञ्जन दिइने सांगीतिक कार्यक्रममा संगीकार तथा गायक कालीप्रसाद बाँस्कोटा, डोङ, एकदेव लिम्बू, अस्मिता अधिकारी, कमेडियन सुमन कार्की, अमर–अमृत दाहालसँगै स्थानीय कालाकारले समेत प्रस्तुति दिने छन् ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म स्थानीय कलाकार र त्यसपछि राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवका सहकार्यकर्ता पेरिलिङ्कन सर्भिसका दिपेश घलेले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न ४० देखि ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सांगीतिक कार्यक्रम हेर्न चाहनेका लागि दुई हजार रुपैयाँ दरको टिकट कायम गरिएको छ । जसबाट दुई दिन नै कार्यक्रम हेर्न सकिनेछ ।

महोत्सवको मुख्य प्रायोजक अर्ना बियरले गरेको छ । अर्ना बियरका प्रदेश १ र २ का रिजनल हेड शंकर लुइँटेलले आफ्नो उत्पादनको प्रबर्द्धनसँगै कलाकार र खेल क्षेत्रको प्रबर्द्धनका लागि प्रायोजन गर्न लागिएको बताए । उनले सामाजिक उत्तरदायित्वसँगै आफ्नो उत्पादनको प्रबर्द्धन मुख्य उद्देश्य रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer