२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सांगीतिक कार्यक्रम ‘झापा उत्सव २०७९’ सुरु


बिर्तामोड, कात्तिक ४ । झापा फुटबल क्लबका खेलाडी आवश्यक रकम जुटाउन समेत आयोजना गरिएको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र डोमालाल राजवंशी रंगशालाका संरक्षक लोकबन्धु कन्दङवालाई सम्मान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

आयोजक झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले शुक्रबार साँझ उनीहरुलाई खादा लगाएर सम्मान गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

झापा फुटबल क्लबको आयोजनामा आज र भोलि हुने झापा उत्सव चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका लागि आयोजना गरिएको हो ।

त्यस्तै, सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन उत्सव आयोजना गरिएको अध्यक्ष जलकुमार गुरुङले बताए ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा भव्य स्टेजमा उत्सव सुरु भएको हो । उत्सवमा भिआइपी दर्शकका लागि स्टेजको अग्रभागमा ठाउँ छुट्याएको छ भने अन्य दर्शकले भने रंगशालाको खुला स्थानमा बसेर हेर्न सक्ने छन् ।

No description available.

स्थानीयसँगै राष्ट्रियस्तरका कलाकारले झापाबासीलाई भरपूर मनोरञ्जन दिइने सांगीतिक कार्यक्रममा आज पहिलो दिन संगीकार तथा गायक कालीप्रसाद बाँस्कोटा, दोङ, अस्मिता अधिकारी, कमेडियन सुमन कार्कीले प्रस्तुति दिएका छन् ।

उत्सवको दोस्रो दिन एकदेव लिम्बू, अल्बाट्रोस, अमर अमृत दाहाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म स्थानीय कलाकार र त्यसपछि राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवका सहकार्यकर्ता पेरिलिङ्कन सर्भिसका दिपेश घलेले जानकारी दिए ।

महोत्सवको मुख्य प्रायोजक अर्ना बियरले गरेको छ । अर्ना बियरका प्रदेश १ र २ का रिजनल हेड शंकर लुइँटेलले आफ्नो उत्पादनको प्रबर्द्धनसँगै कलाकार र खेल क्षेत्रको प्रबर्द्धनका लागि प्रायोजन गर्न लागिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer