२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा ६ लाख ६३ हजार ३११ मतदाता, निर्वाचनको तयारी अन्तिम चरणमा


बिर्तामोड, कात्तिक १७ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापामा मतदाताको संख्या ६ लाख ६३ हजार ३११ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयले मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।

मतदातामध्ये पुरुष ३ लाख ३१ हजार ४४ र महिला ३ लाख ३२ हजार २५९ जना रहेका छन् । सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा पुरुष ७६ हजार ६७, ७८ हजार २२० महिला र २ जना अन्य समूहका गरी कुल १ लाख ५४ हजार २८९ जना रहेका छन् ।

त्यस्तै, सबैभन्दा कम्ति मतदाता क्षेत्र नम्बर १ मा १ लाख २० हजार ३७५ जना रहेको छन् । सो क्षेत्रमा ६० हजार २३७ पुरुष र ६० हजार १३८ जना महिला मतदाता रहेको कार्यालयले जनाएको छ ।

No description available.

क्षेत्र नम्बर २ मा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र ५ जना अन्य गरी कुल १ लाख ३४ हजार ९१ मतदाता छन् ।

क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला मतदाता छन् । या क्षेत्रमा कुल मतदाता १ लाख ३१ हजार ४३२ मतदाता छन् ।

क्षेत्र नम्बर ४ मा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला र १ जना अन्य समूहको गरी कुल मतदाता संख्या १ लाख २३ हजार १२४ रहेको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए ।

झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या १ हजार २१५ जना बढी रहेको छ ।

नेपालका अनुसार झापामा ७६६ मतदान केन्द्र र २८५ वटा मतदानस्थल कायम गरिएको छ । जिल्लामा दुईवटा मतदानस्थल अस्थायी रुपमा तयार गरिएको छ ।

जिल्ला कारागार झापामा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारी लगायतका नागरिकका लागि जिल्लामा अर्काे एउटा मतदानस्थल तयार गरिएको निर्वाचन अधिकारी नेपालले बताए ।

झापामा ६ हजार २४२ जनाको अस्थायी मतदाता नामावाली तयारी गरिएको र उनीहरुले समेत मतदानमा सहभागिता जनाउने छन् ।

यसैबीच, आज भद्रपुरमा निर्वाचनमा सञ्चारमाध्यममको भूमिका विषयक अन्तरक्रिया भएको छ । कार्यक्रममा निर्वाचनका तयारीका विषयमा जानकारी दिइएको थियो ।

मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका अधिकारी नेपालले निर्वाचकको तयारीका विषयमा जानकारी गराए ।

कार्यक्रममा जिल्ला आचारसंहिता निर्वाचन अधिकारी मधु पोखरेलले आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । उनले आचारसंहिता उल्लंघनका घटना के भयो भन्ने कुराको जानकारी गराइदिन सञ्चारकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविराज रिजालले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण जनशक्तिको तयारी पूरा गरिसकेको र उनीहरुलाई आवश्यक निर्वाचन क्षेत्रमा खटाउने तयारी भइरहेको बताए ।

नमुना मतदानमा सहभागी एक विद्यार्थी मतदान गर्दै ।

झापामा रहेका मतदानस्थलमध्ये ३७१ वटा मतदान केन्द्र सम्वेदनशील रहेको उनको भनाइ छ । रिजालले त्यस्ता मतदान केन्द्र र स्थलको निरन्तर प्रहरीले निगरानी गरिरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले निर्वाचन शिक्षा आम मतदातासमक्ष पु¥याउन सञ्चारकर्मीको भूमिका रहेको कुरा राखे ।

कार्यक्रममा झापामा मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन जिल्लामा १३१ वटै वडामा रहेका महिला स्वयमसेविकाहरलाई परिचालन गरिसकिएको र उनीहरुले मतदान प्रक्रियाका विषयमा घरघरमै गएर बुझाउने जानकारी दिइयो ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय झापाले चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा नमुना मतदान समेत गराएको छ । नमुना मतदान कार्यक्रममा कक्षा १० का विद्यार्थी सहभागी थिए ।

मतदान सम्पन्न गर्न झापामा ७६८ मतदान अधिकृतसहित ६ हजार १४४ जना कर्मचारी खटिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer