२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चर्को ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीको मौन जुलुस, बैंकलाई बुझाए ज्ञापनपत्र


बिर्तामोड, कात्तिक २३ । लगानी रकममा बैंकहरुले मनोमानी ढंगले बृद्धि गरेको ब्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायीले आज मौन जुलुस निकालेका छन् ।

उनीहरु नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आह्वानअनुसार आन्दोलित भएका छन् । झापाका उद्योगी–व्यवसायीले हिजो मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

बिर्तामोडमा निस्किएको मौन जुलुससँगै बैंकहरुलाई ज्ञापनपत्र बुझाइएको छ । उद्योगी –व्यवसायीले बैंकका शाखा प्रबन्धकलाई सडकमै बोलाएर ज्ञापनपत्र दिएका थिए ।

मौन जुलुसपछि भएको कोणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले पछिल्लो समय बैंकहरुले ऋण लगानीमा मनोमानी ढंगले ब्याज बढाएर लाखौँ उद्योगी–व्यवसायीलाई सडकमा पुर्याउने काम गरेको बताए ।

No description available.

उनीहरुले उद्योगी–व्यवसायीको यो मागप्रति सरकार र बैंकहरु उदासीन रहे कडा आन्दोलन गर्ने, आफ्ना उद्योग–प्रतिष्ठानका तालाचाबी–सरकार र सम्बन्धित बैंकहरुलाई जिम्मा लगाउने चेतावनी दिए ।

आन्दोलनअन्तर्गत आज उनीहरुले बैंकहरुसँग कुनै पनि प्रकारको कारोबार नगरेर विरोध जनाएका छन् ।

बिर्तामोडमा भएको मौन जुलुसमा बिर्तामोड उद्योग वाणिज्य संघसहित, नेपाल सुनचाँदी व्यवसायी संघ झापा, होलसेल मदिरा व्यवसायी संघ बिर्तामोड, प्रोपर्टी डिलर्स एसोसिएसन अफ नेपाल झापा, महिला उद्यमी समूह, नेपाल प्लाइउड उत्पादक संघ झापा लगायतका संस्थाको सहभागिता रहेको थियो ।

No description available.
No description available.
No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer