२०८३ बैशाख १७ बिहीबार
Jhapa Today
Adv top

बाहुनडाँगीमा हात्ती आक्रमणबाट आमाछोरी घाइते


बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । उनीहरुलाई हिजो राति हात्तीले घरमै बसिरहेको बेला आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति ०८ः३५ बजे मेचीनगर-४ बाहुनडाँगी चोकनजिकै ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी छोरी १३ वर्षीया यबद्रा बज्राचार्यलाई हात्तीले आक्रमण गरेको हो ।

आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा एउटा जंगली हात्ती आएर उनीहरुलाई बरान्डाबाट तानेर घिसारेर केही परसम्म पु¥याएर घाइते बनाएको थियो ।

आक्रमणबाट उनीहरुको खुट्टा चलेको छैन भने उनीहरु बोल्दै गरेको अवस्थामा बिएन्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer