२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कात्तिक २४ र २५ गते प्रदेश १ मा सार्वजनिक विदा


बिर्तामोड, कात्तिक २३ । प्रदेश १ सरकारले कात्तिक २४ र २५ गते सार्वजनिक विदा दिएको छ ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा कात्तिक २४ गते बिहीबार र फाल्गुनन्द जयन्तीको अवसरमा कात्तिक २५ गते शुक्रबार विदा दिएको हो ।

थापाको शोकमा प्रदेशले बिहीबार सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले विज्ञप्ति निकालेर विदाको जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरु बन्द हुने छन् । सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ ।

No description available.

मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । उनी नियोनियाबाट ग्रसित थिए ।

कात्तिक २५ गतेको विदा भने यसअघि नै प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer