२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमसीको शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख


बिर्तामोड, मंसिर १० । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को चुक्ता शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७८-०७९ असार मसान्तसम्ममा संस्थाको चुक्ता शेयरपुँजी सो अंकमा पुगेको संस्थाको ३० औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

सार्वजनिक प्रतिवेदनका अनुसार संस्थामा २०७९ असोज मसान्तसम्ममा १ लाख ३५ हजार ७१७ जना सदस्य रहेका छन् । त्यस्तै, कोष हिसाब ८९ करोड ७२ लाख ३५ हजार ५१ रुपैयाँ पुगेको छ ।

निक्षेप मौज्दात ८ अर्ब ६५ करोड ७६ लाख ८५ हजार ७१३ रुपैयाँ, कर्जा लगानी १० अर्ब १५ करोड ५१ लाख ५३ हजार ७९४ रुपैयाँ, कुल सम्पत्ती ११ अर्ब ९९ करोड ६१ लाख ६५ हजार ५९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८-०७९ असार मसान्तसम्ममा करअघिको नाफा १३ करोड ६७ लाख २५ हजार ३९२ रुपैयाँ रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको यही मंसिर १८ गतेदेखि ६ स्थानमा इकाईगत साधारणसभा र पुस २ गते अन्तिम माइन्युट प्रमाणीकरण गरी ३० औँ वार्षिक साधारणसभा हुनेछ ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले ५५ वटा सेवा केन्द्रमार्फत पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ ।
संस्थाले बचत तथा ऋण, एनएमसी डेरी, एनएमसी नमुना कृषि फर्म, एनएमसी सहकारी पसल र एनएमसी चिया पसल सञ्चालन गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

संस्थाले सदस्यको मृत्यु भएका ५० हजार, दुर्घटनाबाट मृत्यु भएका १० लाखसम्मका बीमा सुविधा, दीर्घरोग उपचारमा २५ हजारसम्म राहत सुविधा र दुर्घटनाबाट घाइते भएका १० हजार रुपैयाँसम्मलगायत उपचार राहत प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer