२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा साकोसको नाफा ४९ करोड


बिर्तामोड, मंसिर १६ । सदस्य संख्या र पुँजीका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसले अघिल्लो आर्थिक वर्षका ४९ करोड रुपैयाँ नाफा गरेको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार आर्थिक वर्ष २०७८ ०७९ मा संस्थाले करपछि ४९ करोड रुपैयाँ नाफा कमाएको हो ।

असार मसान्तसम्म संस्थाको शेयर पुँजी एक अर्ब ६३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कर्जा तथा सापटी रकम १३ अर्ब रुपैयाँ रहेको छ ।

संस्थाको जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ रहेको छ भने अन्य कोषमा ४५ करोड रुपैयाँ रहेको गिरीले जानकारी दिए ।
एक अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको संस्थाको बचत नौ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । सहाराको सम्पत्ति ४५ करोड रुपैयाँको छ ।

अघिल्लो आर्थिक वर्षमा दुई अर्ब पाँच करोड आम्दानी गरेको संस्थाको व्याय एक अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
सहारामा कात्तिक मसान्तसम्म शेयर सदस्यको संख्या एक लाख ६० हजार ४३९ जना पुगेको छ ।
सहाराले यही पुस ९ गते २६ औँ साधारणसभा गर्दैछ ।

राष्ट्रिय सहकारी महासंघको सदस्यता

यसैबीच, सहाराले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेको छ ।

राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदान सम्बन्धी कार्यविधि, २०७८ अनुसार एक अर्बभन्दा माथि कुलपुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गर्दछ ।

संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रबद्र्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer