२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

साहित्य चौतारीद्वारा योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित


बिर्तामोड, मंसिर १८ । बिर्तामोड–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ ।

नारायण गोपालको ३२ औँ स्मृति साँझको अवसर पारेर चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीलाई सम्मान गरेको हो ।

सयौँ कर्णप्रिय गीतका संगीतकार योञ्जन सिपालु संगीत शिल्पी हुन् । उनलाई होटल हिकोला हेरिटेजमा आयोजित विशेष समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने लगायतले सम्मान गरेका छन् ।

लामो समयदेखि साहित्य, संगीत र कलाको क्षेत्रमा अनवरत सक्रिय प्रतिभा जीवन अधिकारी र विष्णु अधिकारीलाई दीर्घ साधना सेवा सम्मान प्रदान गरिएको साहित्य चौतारीका संरक्षक श्रेष्ठले बताए ।

मेलोडी किङका रुपमा चिनिएका योञ्जनले नेपाली भाषा, साहित्य र कलाको विकासमा साहित्य चौतारीले चालेको कदमलाई सकारात्मक अभियानका रुपमा विश्लेषण गरेका छन् ।

कार्यक्रममा उनलाई अभिनन्दनपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको साहित्य चौतारीका अध्यक्ष हस्त परियारले बताए । कार्यक्रममा गायक विष्णु अधिकारीले नारायण गोपालले गाएका १५ भन्दा बढी गीत प्रस्तुत गरेका छन् ।
कुनै विश्राम नलिई लगातार २० वटा गीत गाएर अधिकारीले नारायण गोपाल स्मृति साँझलाई भव्य र विशिष्ट बनाएका छन् ।

कार्यक्रममा कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने, सम्मानित व्यक्तित्व जीवन अधिकारी लगायतले बोलेका थिए ।

साहित्य चौतारी झापाकी सचिव खगेन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रममा संगीत उपाध्यक्ष दीपक रायमाझीले नारायण गोपालको व्यक्तित्व र सांगीतिक यात्राबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्य चौतारीका कला विधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङले कार्यक्रमस्थलमा चित्र बनाएर उपहारस्वरुप साहित्य चौतारीलाई हस्तान्तरण गरेका थिए ।

मासिक साङ्गीतिक काव्य सभामा नृत्यतर्फ सुरज बराइली प्रथम भएका छन् । साहित्यतर्फ प्रीति बस्नेत प्रथम भएकी छन् । गायनतर्फ अनुकूल निरौला उत्कृष्ट भएको मासिक काव्यसभाकी संयोजक सुनिता तामाङले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer