२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदका विजेतालाई प्रदेश १ सरकारले नगदसहित सम्मान गर्ने


बिर्तामोड, पुस ६ । प्रदेश नम्बर १ सरकारले गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

प्रदेश–१ सरकारले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

नवौँमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत गर्ने निर्णय प्रदेश–१ सरकारले गरेको हो ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना भएको थियो ।

नवौँमा प्रदेश–१ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी कुल ८३ पदक जितेको थियो । प्रदेश–१ नवौँको पदक तालिकामा छैटौँ स्थानमा रहेको थियो ।

प्रदेश १ का लागि युकेश योञ्जनले सफ्ट टेनिसमा सर्वाधिक ३ स्वर्ण र एक रजत प्राप्त गरे । विकास कुमालले पौडीमा २ स्वर्ण र एक रजत पदक पाए ।

आइटिएफ तेक्वान्दोमा ३ स्वर्ण पाएको प्रदेश १ ले शारीरिक सुगठनका अवतार श्रेष्ठ र बक्सिङकी त्रिसा जवगूले स्वर्ण पदक ल्याएका हुन् ।

आइटिएफ तेक्वान्दोमा कुसुम राजवंशी, रोशन मगर र वीरबहादुर तामाङले स्वर्ण पदक ल्याए ।

रजत पदक विजेताहरु

युकेश योञ्जन सफ्ट टेनिस
गायत्री बलमपाकी मगर कराते
गंगा राई आर्चरी
प्रिन्जिता तामाङ रेस्लिङ
सम्झना दाहाल खत्री गल्फ
सन्दर राई गल्फ
प्रारम्भ भण्डारी पौडी २
विद्याकला राई कराते २
विपल आङबुहाङ सेपाकताक्रो
विकास कुमाल पौडी
सिर्जनाकमारी चौधरी रेस्लिङ
बर्णा चोङबाङ रेस्लिङ
इन्दिरा थापा आइटिएफ तेक्वान्दो
सजिना तामाङ आइटिएफ तेक्वान्दो
सुस्मिता राई बक्सिङ
अभिनय राई बक्सिङ
उपेन्द्र मारिक उसु
योगिता काम्बाङ आर्चरी
आङ पेम्बा शेर्पा बक्सिङ
कृतिसरा अधिकारी बुद्धिचाल
प्रारम्भ भयडारी पौडी

कास्य पदक विजेताहरु

शिव खड्का तेक्वान्दो
रोशन गुरुङ सेपाकताक्रो
विनिता श्रेष्ठ कराते
मिस डोना राई कराते
श्रेया राई सफ्ट टेनिस
प्रिमका सरदार रेस्लिङ
रेनुका राजवंशी रेस्लिङ
विशाल बुढाथोकी रेस्लिङ
यशोदा चौधरी फेन्सिङ
राजेश श्रेष्ठ फेन्सिङ
तिलसाकुमारी चौधरी फेन्सिङ
युवराज भूजेल गल्फ
सुष्मा सिग्देल गल्फ
सुशीला राई तेक्वान्दो
विवेक राई तक्वान्दो २
मनिषा विश्वकर्मा तेक्वान्दो
सुभम पासवान फुलकन्ट्याक कराते
उपसना राई पौडी
सृष्टि राई ब्याडमिन्टन
विश्व बानियाँ टेबल टेनिस २
श्रेया योञ्जन सफ्ट टेनिस
आशेष मगर कराते २
रुरिहाङ डुमी कराते
रजनी श्रेष्ठ शारीरिक सुगठन
समीक्षा लिम्बू तेक्वान्दो
नितेश खवास आइटिएफ तेक्वान्दो
विनिता पण्डित रेस्लिङ
सविना माझी तेक्वान्दो
प्रज्ञा परियार तेक्वान्दो
हिराधन राई आइटिएफ तेक्वान्दो
दिलकुमार सुनुवार पाराग्लाइडिङ
इस्का राई पाराग्लाइडिङ
दिलन राई आइटिएफ तेक्वान्दो
सदिप तामाङ आइटिएफ तेक्वान्दो
प्रशान्त दाहाल बक्सिङ
फुर्देनी शेर्पा बक्सिङ
रञ्जीता मगर बक्सिङ
अनिश मण्डल कराते
गणेशकुमार लिम्बू उसु
रोहित लिम्बू उसु
अमृत विश्वकर्मा उसु
रोमन श्रेष्ठ उसु
टिम इभेन्ट जुडो
राजन श्रेष्ठ बुद्धिचाल
खुश्बु थापा बुद्धिचाल
टिम इभेन्ट ब्याडमिन्टन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer