२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारी तीव्र


बिर्तामोड, पुस ११ । ‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तीव्र पारिएको छ ।

आयोजक मिस तामाङ फाउन्डेसनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको हो ।

फाउन्डेसनले ‘मिस तामाङ वर्ल्ड २०२२’ को ग्रान्ड फिनाले भारतको सिलिगुढीमा आगामी फेब्रअरी ११ तारिख गर्ने जनाएको छ ।

विश्वका कुनै पनि देशका तामाङ युवतीहरुले सहभागिता जनाउन सक्ने मिस तामाङ वर्ल्डमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र जापनमा बसोबास गरिरहेका तामाङ युवतीहरुले समेत सहभागिता जनाउने गरिको तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।

मिस तामाङ वर्ल्डका लागि १६ वर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवतीहरु हुनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि हाल फारम खुला रहेको छ । यही पुस १५ सम्म अनलाइनमार्फत फारम भर्न सकिने आयोजकले बताएको छ ।

भारतको सिक्किम, सिलिगुडी र नेपालको काठमाडौँमा प्रत्यक्ष अडिसन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिसन गरिने फाउन्डेसन अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । अडिसनबाट छनोट भएका प्रतियोगीहरुलाई नेपालमा विभिन्न स्थानमा २० दिन र भारतमा १० दिन प्रशिक्षण दिइनेछ ।

‘मिस तामाङ वर्ल्ड २०२२’ की विजेताले नगद १० लाख रुपैयाँसहित ताज र विभिन्न पुरस्कार पाउने जनाइएको छ । अलग–अलग ७ वटा विधामा छनोट हुने प्रतियोगीहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

यसपटक प्रतियोगितामा सहभागी जनाउन कुनै पनि किसिमको शुल्क नलाग्ने बताइएको छ ।

फाउन्डेसनका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्बो तामाङ, ‘मिस तामाङ वर्ल्ड २०२१’ (पहिलो सिजन) की विजेता साङ डोमा तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

भारत सिक्किमकी साङ डोमाले आफूले मिस तामाङ वर्ल्ड भएपछि आफ्नो धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फु’ अभियान सञ्चालन गरिरहेको बताइन् । डम्फु र टुङनालाई विश्वभर चिनाउने उद्देश्यले अभियानको सुरुवात गरेको उनको भनाइ थियो ।

फाउन्डेसनका महासचिव केवल तामाङले स्वागत गरेको कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुरेन्द्र मोक्तान, फाउन्डेसनका कोषाध्यक्ष अदिप तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गरेका थिए। कार्यक्रममा सांसद तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष स्याङ्बो र संगीत साधक कृष्ण योञ्जनलाई बधाई तथा शुभकामना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

यसअघि भारतमा समेत पत्रकार सम्मेलनको आयोजना गरी फाउन्डेसनले प्रतियोगिताको जानकारी गराएको थियो । ‘मिस तामाङ वर्ल्ड २०२२’ को अनलाइन फारम भर्न र थप जानकारी धधध।mष्ककतबmबलनधयचमि।अयm मा गएर हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer