२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भलिबल च्याम्पियनसिपमा नेपाल चौथो


बिर्तामोड, पुस ११ । बङ्गलादेशमा भएको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ ।

बङ्गलादेशको ढाकामा आज सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो ।

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै, खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।

नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो ।

यस जितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो । आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान खेल्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer