२०८३ जेठ १ शुक्रबार
Jhapa Today
Adv top

तराईमा आंशिक बादल लाग्ने, मध्यम वर्षाको सम्भावना


बिर्तामोड, जेठ १ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

झापाको अधिकांश भूभागमा अहिले बिहान हल्का हावा चल्दैछ । झापामा आंशिक बादल लागेको छ । तर, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Adv footer