२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम सुरु


बिर्तामोड, पुस १२ । बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम बिर्तामोडमा आजदेखि सुरु भएको छ ।

हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने तालिमको आज एक कार्यक्रमका बीच उद्घाटन भयो ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र ललितपुरको आयोजना तथा चेम्बर अफ कमर्स झापाको सहआयोजनामा तालिम सुरु भएको हो । तालिममा झापाका विभिन्न स्थानका ३५ जना महिलाको सहभागिता रहेको छ ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षता तथा केन्द्रका महानिर्देशक शरदविक्रम राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स झापाका उपाध्यक्ष याम बिमलीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, मेची चेम्बरकी अध्यक्ष रुक्मणि आचार्य, प्रमुख प्रशिक्षक आमा हस्तकला तथा प्रशिक्षण केन्द्रकी प्रमुख तारा थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष तथा प्रदेश सदस्य सन्तोष अग्रवाल, महिला चेम्बर झापाकी महासचिव शर्मिला शाक्य, महिला चेम्बर बिर्तामोड नगर अध्यक्ष संगीता चिमरियालगायतको आतिथ्य रहेको थियो ।

तालिमको प्रमुख प्रशिक्षकमा थापा र सहायक प्रशिक्षकमा रानु ठकुरी शाह रहेका छन् । कार्यक्रमको सञ्चालन चेम्बर अफ कमर्स झापाका महासचिव प्रदिप खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer