२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

साना मझौलाको आँखा शिविरमा तीन सयले लिए लाभ


बिर्तामोड, पुस १४ । झापा बिर्तामोडमा रहेको साना मझौला साकोसको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा तीन सयजनाले सेवा लिएका छन् ।

झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा भएको आँखा शिविरमा मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

तीमध्ये आँखाको विभिन्न समस्या भएका ३२ जनालाई अप्रेसनका लागि रेफर गरिएको छ।

आयोजक संस्थाकी अध्यक्ष देविका बस्नेतको अध्यक्षता र मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यमा सप्पन्न कार्यक्रममा मेची आम्दा अस्पतालका प्रमुख डा. पोषणरमण त्रिपाठी, शिविरका प्राविधिक संयोजक कविता कार्की कडरिया, मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा सभापति कुसुम कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

अनिता मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।

Adv footer