२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गुणस्तरीय कृषि सहकारीको अध्यक्षमा पौडेल


बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड–१ को गुणस्तरीय कृषि सहकारी संस्थाको अध्यक्षमा युवा व्यवसायी कर्णबहादुर पौडेल चयन भएका छन् ।

संस्थाको सातौँ वार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा केदार ढुंगाना, सचिव दिनेशकुमार पोखरेल र कोषाध्यक्षमा कृष्णकुमारी खनाललाई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यमा योगेन्द्र खतिवडा, महेन्द्र रिजाल, ममता गुरुङ, चन्द्रकुमार पौडेल, हसिना अधिकारी, कपिलमणि डाँगी र दुर्गादेवी लिम्बू चयन भएका छन् ।

लेखा समिति संयोजकमा सुरेन्द्र खरेल, सदस्यमा प्रेमबहादुर निरौला र अन्जु लामिछाने चयन भएका छन् ।

यसअघि संस्थाका उपाध्यक्ष केदार ढुङ्गानाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता भएको साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन संस्थाका सचिव कर्णबहादुर पौडेलले प्रस्तुत गरेका थिए ।

सचिव पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ सय ५ जना शेयर सदस्य रहेको संस्थाको शेयरपँुजी ४९ लाख ३९ हजार १०० रुपैयाँ रहेको छ ।

त्यस्तै। कुल निक्षेप ७६ लाख २६ हजार ९००, कर्जा लगानी १ करोड ३७ लाख ३२ हजार २००, ब्याज आम्दानी १६ लाख ७३ हजार ७००, ब्याज खर्च ४ लाख ५३ हजार, कर्जा जोखिम कोष व्यवस्था २ लाख ५७ हजार ८००, कर्मचारी तथा कार्यालय सञ्चालन खर्च ८ लाख ३४ हजार २०० गरी खुद नाफा ६ लाख २० हजार ९०० रुपैयाँ गरेको सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजा, म्यानपावर व्यवसायी धनबहादुर पन्धाक, पूर्णिमा कृषि सहकारी अध्यक्ष छविलाल विश्वकर्मा, मिलनसार सहकारीका उपाध्यक्ष अजय देवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत संस्थाका सञ्चालक समिति सदस्य सुरेन्द्र खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer