२०८१ असार ३ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कबड्डी खेल्दा बेहोस भएका भोटेको मृत्यु


बिर्तामोड, पुस २० । झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ ।

दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो ।

सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ स्थायी घर भएका १८ वर्षीय भोटे प्रतिष्ठानमा सिभिल इन्जिनियर डिप्लोमा फर्स्ट लेभलका विद्यार्थी थिए ।

कलेजमा जारी सप्ताहव्यापी प्रतियोगिता अन्तर्गत खेल सुरु भएको ३ मिनेटमा बेहोस भएको उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो ।

गोदावरीमा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएन्डसी हस्पिटल रेफर गरिएको थियो । उनलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए । प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer