२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा साइक्लिङ च्यालेन्जको तयारी पूरा


अघिल्लो वर्षका विजेता खेलाडीहरु ।

बिर्तामोड, पुस २६ । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी पूरा भएको छ ।

आज प्रतियोगिता स्थल अर्जुनधारा ११ को लक्ष्मीधापमा पत्रकार सम्मेलन गरेर साइक्लिङ च्यालेन्जबारे जानकारी दिइयो ।
अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज यो वर्ष पुस ३० गते हुनेछ ।

प्रतियोगिताको आयोजना नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले प्रतियोगिताका लागि रुट बनाइसकिएको जानकारी दिए ।

२० किलोमिटर लामो हुने साइक्लिङ झापा अर्जुनधाराको लक्ष्मीधापबाट सुरु भई सालबारी–कालिस्थान–सेतीपानी–सालबारी झिलपूर्व हुँदै चिया बगानबाट पुनः सुरु गरिएको स्थानमा आएर टुंगिनेछ ।

प्रतियोगिता व्यवस्थापन गरेको प्याक एन्ड पेडल नेपालका सञ्चालक आकाश श्रेष्ठका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका साथ विभिन्न चार विधामा प्रतियोगिता हुन लागेको हो ।

सालबारी जंगल क्षेत्रमा साइकल पर्यटनलाई स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा महिला खुला (सबै उमेर समूह), पुरुष जुनियर (१९ वर्षमुनि), पुरुष एलाइट (१९ देखि ३५ वर्षसम्म) र पुरुष मास्टर्स (३५ वर्षदेखि माथि) गरी चार विधामा प्रतिस्पर्धा हुने श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी सबैलाई प्रमाणपत्र दिइनेछ भने सहभागी फराम शुल्क ३०० रुपैयाँ राखिएको छ ।

प्रतियोगिताको सहआयोजकमा स्थानीय क्लब आजाद सामुदायिक संस्था रहेको छ । प्रतियागिता सम्पन्न गर्न तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, प्युठान, कालेबुङ, सिलिगुढी लगायतका ठाउँबाट खेलाडीले फर्म भरेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer