२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लास्तरीय नृत्यमा धुलाबारीको हिमालयन स्कुल प्रथम


बिर्तामोड, पुस २६ । झापा धुलाबारीको हिमालयन इङ्लिस हाई स्कुल जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम भएको छ ।

प्रथम भएको सो नृत्यको प्रशिक्षकमा विक्रम गेलाल र सागर राजवंशी रहेको विद्यालयका प्रिन्सिपल कमल नेपालले जानकारी दिए ।

प्याब्सन दिवसको अवसरमा भद्रपुरमा आयोजित प्रतियोगितामा हिमालयन प्रथम भएको स्कुलका निर्देशक धनराज थापाले जानकारी दिए ।

हिमालयन यसअघि मेचीनगरस्तरीय नृत्य प्रतियागितामा पनि प्रथम हुँदै जिल्लास्तरीय प्रतिस्पर्धाका लागि छनोट भएको स्कुलकी प्रमुख प्रशासक रिना थापाले जानकारी दिइन् ।

मेचीनगर–९ मा स्थापना भई त्यस क्षेत्रको शैक्षिक विकासमा निरन्तर लागिरहेको सो विद्यालय विगत २ वर्षदेखि नयाँ व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।

अझ नयाँ जोश र जागरका साथ विद्यार्थीको सर्वाङ्गीण विकासमा लाग्दै आइरहेको हिमालयन अन्य अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer