२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बास्कोटालाई


बिर्तामोड, पुस २९ । झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर सहकारी संस्थाका विभिन्न विधालाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको छ ।

आज बिर्तामोडमा आयोजित भव्य कार्यक्रमका बीच झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । उनी नेपालको सहकारी अभियानका अग्रणी नेता हुन् । पुरस्कार राशिको २५ हजार ५५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट उत्कृष्ट सञ्चारकर्मीमा लक्ष्मण ढकाल र पूर्वसञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।

उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशी, उत्कृष्ट बचत कारोबार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोबार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कष्ट कर्जा कारोबार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था र विराट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरियो । पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अघिकारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् । कार्यक्रमको सञ्चालन संघका सचिव भवानी प्रसाद दंगाालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer