२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची पेट्रोलियमको अध्यक्षमा कोइराला, महासचिवमा बस्नेत


बिर्तामोड, माघ २ । मेची पोट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः नविन कोइराला चयन भएका छन् ।

आज बिर्तामोडस्थित एसोसिएसनको सभाहलमा भएको पाँचौँ अधिवेशन तथा १५ औँ साधारणसभाले कोइरालालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा टिकाराम बहादुर पिठाकोटे, उपाध्यक्षमा भूपालराज कटवाल, महासचिवमा विनोद बस्नेत, सचिवमा विनोद चापागाईं, कोषाध्यक्षमा अमित सरिया र सहकोषाध्यक्षमा मदनकुमार राई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, उत्तम श्रेष्ठ, हरिप्रसाद घिमिरे, बालकुमार भण्डारी र सुवास गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यसअघि भएका कार्यक्रममा प्रमुख अतिथि एसोसिएसनका केन्द्रीय अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले लागतअनुसार पेट्रोलियम व्यवसायीले प्रतिफल पाउन नसके आन्दोलनमा उत्रिनुको विकल्प नहुने बताए । उनले आफूहरुको समस्या समाधानमा सरकार र आयल निगमले आँखा चिम्लिएको दाबी गरे ।

कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष प्रेमप्रसाद दाहाल, सल्लाहकार श्रीप्रसाद मैनाली, ट्यांकर व्यवसायी संघका अध्यक्ष तोकप्रसाद दुलाल लगायतले आफ्नो धारणा राखेका छन् ।

साधारणसभामा अध्यक्ष नवीन कोइरालाले संस्थाको पछिल्लो अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका थिए ।

एसोसिएसनका महासचिव विनोद बस्नेतले सञ्चालन गरेको साधारणसभामा सदस्य कुमारमणि पोखरेलले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer