२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाकी जवेगूलाई एसियन बक्सिङमा कास्य पदक पक्का


बिर्तामोड, माघ ३ । थाइल्यान्डमा जारी एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा झापा भद्रपुरकी त्रिसा जवेगूले पदक पक्का गरेकी छन् ।

जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी हुन् । जवेगूले हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै, पुरुष खेलाडी विजय बाटाले पनि क्रुजर वैट ८६ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेका छन् ।

विजयले सेमिफाइनलमा भारतीय खेलाडी मुस्किता माईखेलसँग प्रतिष्पर्धा गर्ने छन् भने त्रिसाले काजकिस्तानका येरजहान गुलसायासँग खेल्ने छन् ।

त्यसैगरी अर्का खेलाडी हेमा राईले महिला ५७ किलो तौल समूहमा क्वाटरफाइनलमा सिंगापुरका खेलाडी चाव जी मिन बेरनिससँग प्रतिस्पर्धा गर्ने छन् ।

महिला ४८ किलो तौल समूहमा सुस्मा तामाङले भियतनामी खेलाडी फाम थि किनहानसँग क्वाटरफाइनलमा खेल्ने छन् ।

पुरुष ४८ किलो तौल समूहमा नेपालका लालप्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचरसँग, फेदर वैट पुरुष ५७ किलो तौल समूहमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले लाओसका खेलाडी सोक्साखोनसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिप २०२३ को जनवरी १६ देखि २७ तारिखसम्म बैंककमा हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer