२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट माघ १३ गतेदेखि


बिर्तामोड, माघ ६ । तेस्रो संस्करणको बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्ट यही माघ १३ गतेदेखि हुने भएको छ ।

आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाँच पाउनेछ भने प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।

पत्रकार सम्मेलनमा समाजसेवी थापा झापा एफसीका अध्यक्ष जलकुमार गुरुङले स्वस्थ जीवन कायम राख्न तथा शारीरिक तन्दुरुस्तीका लागि ढल्किँदो उमेरमा फुटबल खेल्न जरुरी रहेको जिकिर गरे ।

कार्यक्रममा मुख्य प्रायोजकका तर्फबाट इन्द्र खनालले भेट्रान्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer