२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

‘ए’ डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने


फाइल तस्वीर

बिर्तामोड, माघ ६ । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल नव प्रवेशी खुमलटार युवा क्लब र फ्रेन्ड्स क्लबबीच हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दशरथ रंगशालामा फागुन १९ गते सुरु हुने लिगको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

एन्फाले शुक्रबार एन्फा कम्प्लेक्समा ’ए’ डिभिजन लिगअन्तर्गत पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । लिग फागुन १९ गतेबाट सुरु हुनेछ ।

डबल लिग हुने भएकाले कुल १८२ खेल हुनेछन् । सबै क्लबले लिगमा एकअर्कासँग होम र अवेका आधारमा दुईपटक खेल्नेछन् ।

प्रत्येक क्लबले लिगभर २६ खेल खेल्नेछन् । लिगको तयारीका खर्चमध्ये १५ लाख रुपैयाँ सहभागी १४ ए डिभिजन क्लबले बुझिसकेका छन् । यसपटक ३२ लाख ५० हजार रुपैयाँ हरेक क्लबले तयारीबापत पाउनेछन् । लिगका लागि सबै क्लबले दर्ता पनि गरिसकेका छन् ।

लिगका लागि माघको २९ गते सम्म कम्तिमा २० खेलाडी दर्ता गरिसक्नुपर्ने एन्फाले यसअघि नै सुचना जारी गरेको थियो ।

लिगका लागि एन्फाले भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मूल्य यसअघि नै तोकिसकेको छ ।

यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

फेयर प्ले अवार्ड विजेताले ३ लाख पाउने छन् । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ ।
हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer