२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा खनाल


बिर्तामोड, माघ ९ । १ नम्बर प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा मोरङका मधुसुदन खनाल चयन भएका छन् ।

धरानमा सम्पन्न संघको पहिलो अधिवेशनले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष राई पाँचथर, उपाध्यक्षमा सञ्जय श्रेष्ठ भोजपुर र दिपेश लिम्बू ताप्लेजुङ, महिला उपाध्यक्षमा उमा श्रेष्ठ संखुवासभा चयन भएका छन् ।

त्यस्तै, संघको महासचिवमा झापाका प्रदिप बस्नेत चयन भएका छन् । उनी झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष हुन् ।
संघको सचिवमा पंकज चौधरी उदयपुर र कोषाध्यक्षमा यज्ञराज राई सुनसरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सन्देश लिम्बू धनकुटा, सुमन खापुङ तेह्रथुम, सुरेश बुर्जामगर इलाम, विजय राई खोटाङ, विक्रम कार्की (बिक्की) मोरङ, दिवाकर पौडेल सुनसरी, लोकराज ढुंगाना झापा छन् ।

महिला सदस्यमा जमुना आले मोरङ र सरिता मगर सुनसरी रहेका छन् । सल्लाहकारमा किरण गिरी मोरङ र अम्बरबहादुर (किरण) पोखरेल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer