२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

त्रिशा र विजय सेमिफाइनलमा पराजित


बिर्तामोड, माघ ११ । थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगू पराजित भएका छन् ।

महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा जवेगू काजकिस्तानी एरजन गुल्सायसँग अंकको आधारमा तथा पुरुष ८६ केजी तौल समूहका विजय इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग आरएसीको आधारमा पराजित भएका हुन् ।

४८ किलो तौल समुहमा भएको सेमिफाइनल खेलमा मंगोलियन खेलाडी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुष्मा तामाङ फाइनल प्रवेश गरेकी छन् ।

नेपालले एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन कास्य पदक जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer