बिर्तामोड, माघ ११ । फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ ।
अवश्य पनि चिसोकै कारण निमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहिँ मूर्खता नै हुन्छ ।
गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौँ, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ ।
‘फलफूल खाने मान्छेमा रोग प्रतिरोधात्मक शक्ति धेरै हुने भएकाले चिसो याममा धेरै फलफूल खान सल्लाह दिन्छु,’ रुटगर्स विश्वविद्यालय, अमेरिकाका डा एमि होवल बताउँछन् । फलफूलमा भएका अनेक तत्वले मुटुरोग र क्यान्सरसँग पनि लड्ने गर्दछ । यसर्थ, यो जाडोमा पर्याप्त झोलकुरा सहित यी पाँच फलफूल खान नछुटाउनुस् :
स्याउः हाम्रो खानाको मुख्य स्रोत एन्टिओक्सिडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भायरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । यो स्याउको मौसम हो, खानुहोस् स्याउ । बच्नुस् रुघाखोकीबाट ।
मेवाः मेवाले पनि प्रशस्त मात्रामा भिटामिन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले, यो चिसोमा टन्न खानुहोस् मेवा ।
अंगुर : अंगुरमा पनि पर्याप्त मात्रामा भिटामिन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल (चिल्लो) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्वपूर्ण स्रोत पनि हो ।
केराः केरा भिटामिन बिको महत्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ ।
चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ ? त्यो गलत हो । खानुस् केरा, बच्नुस सर्दीबाट ।
सखरखण्ड : सखरखण्ड भिटामिन एको महत्वपूर्ण स्रोत हो । यसमा भिटामिन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ । आलुको भिटामिन इले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले, नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔन् र सर्दीबाट बचौँ । – मेन्सहेल्थको सहयोगमा
Comments are closed