२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एसियन बक्सिङमा कास्य जितेकी झापाकी जवेगूले तीन लाख पाउने


बिर्तामोड, माघ १३ । थाइल्यान्डमा भएको एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी थिइन् । जवेगू हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहकी स्वर्णधारी मुक्केबाज हुन् ।

यसैबीच, च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली मुक्केबाज सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् ।

त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै, मुख्य प्रशिक्षक दिपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार पाउनेछन् भने संघले पनि १ लाख ८० हजार पाउनेछ ।

च्याम्पियनसिपमा कास्य जितेका जवेगूसहित विजय बाटा, हेमा राईले समान ३ लाख पाउनेछन् । खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार पाउनेछन् ।

जनवरी १६ देखि सुरु भएको च्याम्पियनसिप आज समापन हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer