२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः धुलाबारी र धरमपुर विजयी


बिर्तामोड, माघ १४ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा धुलाबारी र धरमपुर विजयी भएका छन् ।

शनिबारको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० को गोल अन्तरले हरायो भने धरमपुर भेट्रान्स फुटबल क्लबले मिल्स विराटनगरविरुद्ध ३–० को जित निकालेको हो ।

दुवै खेलका म्यान अफ द म्याच हुने खेलाडीले नगद एक हजार पाँच सय पाए ।

आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।

प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer