२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया


बिर्तामोड, माघ १८ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् ।

आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिए ।

अन्तरक्रियामा अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले आआफ्नो भनाइ राखेका थिए ।

त्यस्तै, नेपाली सेनाका उपसेनानी प्रकाश श्रेष्ठ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले गोल्ड कप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आयोजकका तर्फबाट अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्षद्वय मनोज सुब्बा, डिल्लीराम घिमिरे, महासचिव जीवनकुमार श्रेष्ठले प्रतियोगिताका बारे प्रकाश पारेका थिए ।

मेची रंगशालामा हुने भद्रपुर झापा गोल्ड कप यही फागुन ७ गतेदेखि १६ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबका साथै, भारत, भूटान र बंगलादेशमा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद १३ लाख र उपविजेता नगद ७ लाख रुपैयाँ पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer