२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेम्वाङ सदस्य निर्वाचित भएसँगै आठ वर्षपछि एएफसीमा नेपालको प्रतिनिधित्व


बिर्तामोड, माघ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबलको सर्वोच्च निकाय एसियाली फुटबल महासंघ (एएएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा भएको ३३ औँ एएफसी कंग्रेसबाट कार्यसमिति सदस्यमा निर्वाचित भएपछि एएएफसीमा झन्डै आठ वर्षपछि नेपालको प्रतिनिधित्व भएको छ ।

नेम्वाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित भएका हुन् । भुटानका युगेन सेचत दक्षिण एसियाली क्षेत्रबाट एएफसीको उपाध्यक्ष चुनिएका छन् ।

सोही क्षेत्रबाट माल्दिभ्सका बसम अदेल जालिल पनि सदस्यमा निर्वाचित भएका छन् । शेख सलमान बिन अब्राहिम अल खलिफा पुनः एएफसीको अध्यक्षमा निर्वाचन भएका छन् । उनको यो तेस्रो कार्यकाल हो ।

यसअघि एन्फाका पूर्वअध्यक्ष गणेश थापा एएफसी कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष निर्वाचित भएका थिए । सन् २०१५ को नोभेम्बार भ्रष्टचारको अभियोगमा थापा १० वर्षको प्रतिबन्धमा परेपछि एएफसीमा नेपालको प्रतिनिधित्व थिएन ।

नेम्वाङ यसै वर्ष एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नेम्वाङ अध्यक्ष निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer