२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक लखनपुरलाई


बिर्तामोड, माघ १९ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक लखनपुर भेट्रान्स फुटबल क्लबले उचालेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबलाई ३—१ गोल अन्तरले हराउँदै दमक लखनपुरले फाइनल उपाधि रक्षा गरेको हो ।

खेलको ४१ र ४३ औँ मिनेटमा डेनिम राईले तथा इन्ज्युरी समयमा सुवास आङथुपोले विजेता टिमका लागि गोल गरेका थिए । धुलाबारीका लागि ५१ औँ मिनेटमा सचिन्द्र धिमालले सान्त्वाना गोल फर्काएका थिए ।

उपाधिसँगै दमक लखनपुर भेट्रान्स फुटबल क्लबले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित धुलाबारीले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको थियो । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।

प्रतियोगिताभरिको उत्कृष्ट किप्परमा दमक लखनपुरका सुनिल तामाङ, बेस्ट डिफेन्डरमा अन्जन तुम्बापो, बेस्ट फरवार्डमा सुवास आङथुपो, उच्च गोलकर्तामा डेनिम राई र म्यान अफ द टुर्नामेन्ट धुलाबारीका पूर्ण सुब्बाले नगद दुई हजार १०० पाए ।

आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, अतिथिहरु झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ, अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्की, महासचिव गजेन्द्र पौडेल, मुख्य प्रायोजक फास्ट ट्र्याक कन्सेल्टेन्सीका प्रमुख खड्ग ताम्लिङ लगायतले पुरस्कार तथा मेडल वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer