२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगर-९ मा वडा अध्यक्ष कप अन्तर टोल फुटबल हुने


धुलाबारी, माघ २० । युवाहरुलाई खेल क्षेत्रको सम्भावना र अवसरका रुपमा प्रयोग गराउन झापाको मेचीनगर-९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता हुने भएको छ ।

यही माघ २७ गतेदेखि वडाको कविशिरोमणि माविको खेल मैदानमा हुने प्रतियोगिता मेचीनगर वडा नम्बर ९ खेलकुद विकास समितिले आयोजना गर्न लागेको हो ।

समितिले शुक्रबार प्रतियोगिता तयारीबारे छलफल पनि गरेको छ । मेचीनगर वडा नम्बर ९ खेलकुद विकास समितिका अध्यक्ष तथा वडा सदस्य राजन खड्काले प्रतियोगितालाई साझा बनाएर खेल क्षेत्रको विकास गर्न लागिएको बताए ।

प्रतियोगितामा ९ वटा टोल क्षेत्रको टिमले भाग लिनेछन् । हरेक टोलबाट खेलाडी अपुग हुने भएकाले टोल समायोजन गरेर टिम तयार गरिएको समितिका सचिव राजु धिमालले बताए ।

प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेबिरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लीलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र टिमबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । विजेता तथा उपविजेता टिमले पाउने पुरस्कार राशिका विषयमा भने छलफल भइरहेको आयोजक समितिले जनाएको छ ।

राष्ट्रिय टोलीका सदस्य पुजन उपरकोटी र दिनेश मगर मेचीनगर-९ का हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer