२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तत्काल पानी नपर्ने, आज हिमाली क्षेत्रमा हिमपात हुने


बिर्तामोड, माघ २१ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमबारसम्म पानी पर्ने सम्भावना छैन । तर, हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पानी नै पर्नेगरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन । प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ ।

तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । पर्सि सोमबारपछि मौसममा सामान्य फेरबदल देखिन सक्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer