२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा


बिर्तामोड, माघ २३ । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्नेगरी वर्षा हुन सकेको छैन ।

पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदमा वर्षा नभएको हो । यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन ।

केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन ।

त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइरहेको छ भने तराईका जिल्लामा हुस्सु कुहिरो लाग्दै आएको छ ।

तर, मौसम बदली भइरहे पनि पश्चिमी वायु सक्रिय नभइदिँदा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदको पहिलो महिना डिसेम्बर पानी नपरी बितेको थियो भने जनवरीमा पश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो ।

तर, अहिले फेब्रुअरीको पहिलो हप्ता बित्न लागिसक्दा पनि पानी पर्न भने सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer