२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वकप आयोजनामा अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दाबी


भद्रपुर, माघ २५ । दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् ।

चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वान गरेका छन् । सन् १९३० मा उरुग्वेमा पहिलोपटक विश्वकपको आयोजना भएको थियो ।

सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । अब यी चार राष्ट्रले स्पेन र पोर्चुगलसँगै र मोरक्को र साउदी अरबको संयुक्त प्रस्तावसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

‘सन् २०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १ सय वर्षको लागि मान्यताको साथ उत्सवको योग्य छ ।’ दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने, ‘हामी विश्वस्त छौं कि हामी भन्दा पहिले आएका र महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूको सम्झनालाई सम्मान गर्न फिफाको दायित्व छ ।’

दुईपटकको विजेता उरुग्वेले सन् १९३० मा पहिलोपटक विश्वकपको आयोजना गर्दै आयोजकका रूपमा जितेको थियो । सन् १९७८ को आयोजक अर्जेन्टिनाले २०२२ मा कतारमा तेस्रोपटक विश्व च्याम्पियनको उपाधि जितेको थियो । यसअघि सन् १९६२ मा चिलीले पनि आयोजना गरेको थियो ।

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले विश्व च्याम्पियनको रूपमा दक्षिण अमेरिकामा अब विश्वकप आयोजना हुनुपर्ने सबै दक्षिण मेरिकीहरूको सपना रहेको बताएका छन् । ‘यो विश्वकप आयोजना भएको १ सय वर्ष पूरा भएको अवसरमा मात्र होइन । हामी फुटबलकै कारण यहाँ छौँ । हाम्रो निरन्तर दावी रहनेछ’, अध्यक्ष तापियाले भने ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पनि ट्विटरमा छिमेकी बोलिभियालाई पनि चार राष्ट्रको यो प्रस्तावमा सामेल हुन आग्रह गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer