२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त


बिर्तामोड, चैत १ । झापाको सैनिक फुटबल क्लबका उत्पादन हाल मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही दिनअघि नै नियुक्तपत्र दिए पनि बुधबार मात्र आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको छ । कटुवालले मंगलबार मात्र पनि मछिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए ।

प्रवेश कटुवालले गत कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यो मैत्रीपूर्ण खेल नेपालले १–० ले जितेको थियो ।

२०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले खेलाडी भएर मनाङ मस्र्याङ्दी, आरसिटी र मछिन्द्रबाट खेलेका थिए । उनले झापा ११ बाट राष्ट्रिय लिग तथा मोफसलको प्रतिनिधित्व गर्दै गोल्डकपहरु पनि खेले ।

कटुवालले एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलोपटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा काम गरे । उनले मछिन्द्रलाई लागातार दुईपटक लिग च्याम्पियन बनाएका थिए ।

नेपाली टोलीले चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा हुने थ्री नेसन्स कप खेल्दैछ । त्यसमा प्रतिस्पर्धा गर्नका लागि लाओस र भुटान नेपाल आउँदैछन् ।

राष्ट्रिय टिममा विनोद डंगोलले गोलकिपर प्रशिक्षकको रुपमा काम गर्ने भएका छन् ।

केही दिनअघि मात्र एन्फाले इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेलाई एक वर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer