२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आशिफको शतकमा युएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य


बिर्तामोड, चैत २ । आइसिसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आसिफ खानको कीर्तिमानी शतकमा युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले एक दिवसीयमा सबैभन्दा ठुलो लक्ष्य पाउँदा खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

२०१९ बाट सुरु विश्वकप लिग टु सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।

यसअघि लिग २ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै, युएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । युएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा स्पेलमा २ मेडन राख्दै उनले १९ रन खर्चिएका हुन् । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए ।

त्यस्तै, सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन दिए ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बावेमा हुने एक दिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

लिग टु अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । समान खेलबाट ३३ अंक जोडेको युएई छैटौँ स्थानमा छ । लिग टु मा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै र ओमान दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

अब शीर्ष तीनमा नामिबिया र नेपालमध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौँ स्थानमा रहेको छ ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहन्छ । यदि, आजको खेलमा पराजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer