२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चैत ८ गतेदेखि पाउ पाथिभरा धाममा भागवत पुराण


-विनिशा शर्मा

मेचीनगर, चैत ३ । धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसाथ चारआलीमा रहेको पाउ पाथिभरा धाममा श्रीमद् भागवत पुराणको आयोजना हुने भएको छ ।

आज धाममा भएको पत्रकार सम्मेलनमार्फत पुरणबारे जानकारी गराइएको हो । आयोजकका अनुसार यही चैत ८ गतेदेखि १६ गतेसम्म धाममा पुराणको आयोजना हुनेछ ।

२०७१ सालमा स्थापना भएको समितिको प्रतिबद्धताअनुसार अठार पुराण आयोजना गर्ने उद्देश्यले समितिले पुराण आयोजना गर्दै आएको छ । अहिलेसम्म पाँचवटा पुराण आयोजना गरिसकिएको आयोजकले जानकारी गराएको छ ।

चैत तथा रामनवमीका अवसरमा पुराणको आयोजना गर्ने उद्देश्यले भागवतको आयोजना गरिएको हो । पण्डित शान्तिराम नेपालको प्रमुख वाचकत्व रहने यस महापुराणमा पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने पुराण प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए ।

पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नेछन् । पुराण सम्पन्न गर्न विभिन्न १४ वटा उपसमितिहरु निर्माण गरिएको छ ।

पुराणका लागि १० लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी गराएको छ । पुराणमा दैनिक पाँच हजार भक्तजनको उपस्थिति रहने अनुमान गरिएको आयोजक पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer