२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टामा तीनदिने मैत्री दिवस तथा प्रार्थना हुने


-विनिशा शर्मा

मेचीनगर, चैत ३ । झापाको काँकरभिट्टस्थित रमाइलो गाउँमा यही चैत ८ गतेदेखि १० गतेसम्म हुने १८ औँ महा मै मैत्री दिवस एवम विश्वशान्ति महा मै मैत्री पूजा प्रार्थनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेचीनगर–६ को काँकरभिट्टामा बोधी श्रवण धर्म संघ झापाको आयोजनामा हुने मैत्री दिवस र प्रार्थनाको तयारीबारे कार्यक्रमस्थल कालीखोला रमाइलो गाउँमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । कार्यक्रमस्थल रमाइलोगाउँस्थित बालहरि राईको जग्गामा हुनेछ ।

कोसी प्रदेशका नौ जिल्ला र भारतका विभिन्न स्थानबाट समेत गुरुहरुको सहभागितामा भव्य प्रार्थना हुने संघका केन्द्रीय सदस्य फुर्वा तामाङले जानकारी दिए ।

चैत महिनामा वनस्पतीहरुमा आउने नयाँ पालुवाको स्वागत गर्दै जगतकै मुक्ति, मोक्ष र उद्धारको कामना स्वरुप प्रार्थना गर्दै मैत्री दिवस मनाउन लागिएको तामाङले बताए ।

महासम्बोधी धर्मगुरुले तपस्या र साधना सुरु गरेको १८ वर्ष पुगेको अवसरमा हुने मैत्री पूजा तथा प्रार्थनामा २१ जना बोधी महात्माहरुले अनुष्ठान सञ्चालन गर्दै प्रवचन दिने तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer