२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला सहकारी संघद्वारा संस्था जागरण अभियान सुरु


बिर्तामोड, चैत ६ । सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चारदिने सदस्य जागरण अभियान सुरु गरिएको छ ।

झापा जिल्ला सहकारी संघको आयोजनामा जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो ।

चैत ५ गते बिर्तामोड, चैत ६ गते धुलाबारी, चैत ७ गते दमक र चैत ८ गते दुर्गापुरमा यस्तो गोष्ठीको कार्यसूची बनाइएको जिल्ला संघका सचिव भवानीप्रसाद दंगाालले बताए ।

गोष्ठीअन्तर्गत पहिलो दिन चैत ५ गते बिर्तामोडमा कार्यक्रम सम्पन्न गरिएको छ । बिर्तामोड, हल्दिबारी र अर्जुनधारामा सञ्चालित सहकारी संस्थाबाट १४० जना प्रतिनिधिहरुको सहभागितामा गोष्ठी सम्पन्न भएको हो ।

जिल्ला संघका सञ्चालक सदस्य तथा २ नम्बर क्षेत्रीय संयोजक केशवप्रसाद बस्नेतको अध्यक्षतामा भएको गोष्ठीको आवश्यकता र औचित्यका बारेमा जिल्ला संघका अध्यक्ष गणेश ढकालले प्रकाश पारेका थिए ।

गोष्ठीको सहजीकरण बचत तथा ऋण सहकारी केन्द्रीय संघका पूर्वप्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले गरेका थिए । सहजीकरणका क्रममा निरौलाले अहिले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer