२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची महोत्सवमा आज रचना रिमाल आउने


मेचीनगर, चैत ७ । सोमबारबाट धुलाबारीमा सुरु भएको ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् ।

मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज रिमालले दर्शक उचाल्ने छिन् ।

रिमालले आज साँझ स्टेट तताउँदै आधा दर्जन गीतको प्रस्तुति दिने छिन् ।

आयोजक समितिका संयोजक रविनकुमार बस्नेतका अनुसार कृषि, व्यापार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको महोत्सवमा ४० भन्दा बढी स्टल राखिएको छ ।

मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन, कोलम्बस लगायतका विभिन्न खेल सामग्री रहेको क्लबका महासचिव महेश खड्काले बताए ।

धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको बस्नेतको भनाइ छ ।

त्यस्तै, लागुपदार्थ प्रयोगकर्ता युवाहरुलाई निरुत्साहित गर्दै खेलकुदमा प्रोत्साहन गर्न रोलिङ क्लबलाई सहयोग गर्ने पनि लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer