२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

उद्योग वाणिज्य महासंघ कोसी प्रदेश अध्यक्षमा राउत


बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा उद्योगी राजेन्द्र राउत चयन भएका छन् ।

आज बिहीबार झापाको बितामोडमा सम्पन्न महासंघको पाँचौँ सभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । विराटनगरका निर्माण व्यवसायी तथा उद्योगी राउत यसअघि एसोसिएट्स उपाध्यक्ष थिए ।

त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल, एसोसिएट्स तथा वस्तुगत उपाध्यक्षमा झापा कनकाईका व्यवसायी कुमारमणि पोखरेल र कोषाध्यक्षमा व्यवसायी सुवास आचार्य निर्विरोध चयन भएका छन् ।

पौडेल यसअघि सोही पदमा थिए भने पोखरेल र आचार्य कार्यकारिणी सदस्य थिए ।

त्यस्तै, जिल्ला नगर सदस्यहरुमा ध्रुवलाल श्रेष्ठ, वीरन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी र ऋषिराज तिम्सिना चयन भएका छन् ।

वस्तुगत सदस्यमा राजन श्रेष्ठ र दिपक पाण्डे तथा एसोसिएट्स सदस्यमा रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन भएका छन् ।

महासंघमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer